- बचत ऋण
- क्रमागत/नियमित वचत
- वालवचत
- आवधिक वचत
- परिवार राहत कार्यक्रम
- अक्षयकोष बचत
नयाँ सदस्यलाई सदस्यता प्रदान गर्दाकै बखत प्रवेश गराईने
शेयर सदस्य परिवार मध्ये नाबालक सन्ततिको मात्र प्रवेश शुल्क ऐक्षिक हुने
संस्थाका सेवा सुविधा र सम्मानका लागि क्रमागत बचत अनिवार्य छ ।
नियमित सदस्यलाई प्राथमिकता दिइने ।
प्रवेश गर्दा लाग्ने रकम र शुल्क :
क) प्रवेस योगदान वापत प्रति सदस्य वा सन्तति रु. ५००|-
ख) विविध शुल्क वापत प्रति सदस्य वा सन्तति रु. १५०|-
ग) परिवार राहत कार्यक्रममा सहभागिता रु. ५००।-
घ) जगेडाकोष जम्मा रु. २०००।- (बाल सदस्यको हकमा जगेडाकोष वापतको रकम नलिने)
ङ) साधारणतया शेयर संख्या न्यूनतम् १०० वटा अर्थात रु. १००००।- (यस भन्दा माथि सदस्यको इच्छा बमोजिम)
च) बचत खाता संचालन न्यूनतम् रकम रु. १०००।-
छ ) मासिक (क्रमागत) बचत न्यूनतम् रु.५००/- र सोभन्दा माथि सदस्यको चाहना बमोजिम (प्रत्येक महिना नियमित जम्मा गर्न सक्ने रकम)
ऋण लिन सदस्यले लिनु पर्ने शेयर संख्या
ऋण लिने रकम | शेयर संख्या |
रु. १५,०००|- सम्म | २५ |
रु. ५०,०००|- सम्म | ३५ |
रु. १,००,०००|- सम्म | ५० |
रु. ३,००,०००|- सम्म | १०० |
रु. ५,००,०००|- सम्म | १५० |
रु. १०,००,०००|- वा सो भन्दा बडी | २५० |
धितो ऋण लगानी गर्दा आवश्यक पर्ने कागजातहरु
१. नागरीकता
२. जग्गा धनिपूर्जा
३. राजिनामा लिखतको फोटोकपी
४. नक्सा (सानाो ठूलो)
५. चारकिल्ला प्रमाणित पत्र
६. मालपोत/एकिकृत सम्पत्तिकर तिरेको सक्कल रसिद
सदस्य वन्न पुरा गर्नपर्ने प्रकृया तथा शर्तहरुः
- तोकिएको योग्यता पुगेको राष्ट्रसेवक वा व्यक्तिले संस्थाका १ जना सदस्यको सिफारिस सहित तोकिएको ढाँचामा(संस्थामा उपलब्ध हुने) संस्थामा निवेदन दिने।
- निवेदन स्वीकार गरि समितिले सदस्यता दिने निर्णय गर्ने ।
- उल्लेखित रकम लिएर आएपछि सदस्य पहिचान विवरण(KYM) भर्ने दस्तखत नमुना कार्ड भर्ने ।
ग्याँस व्यवसाय
विराटनगर क्षेत्र भित्र बसोबास गर्न सदस्यले संस्थामा उपलब्ध रिजालकाे ग्याँस प्रयोग गरेमा ग्याँस व्यवसायतर्फको मुनाफाको आधारमा केहि रकम फिर्ता गरिनेछ।