हाम्रो बारेमा

कर्मचारी कल्याण कोषलाई वैधानिक रुपमा संचालनको आवश्यकता महसुस हुन थाल्यो। त्यसैले सहकार्यलाई पुर्णता, वैधानिकता र निरन्तरता दिन मिति २०५५।४।४ देखि राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. मोरङ दर्ता गरी नेपालमै कर्मचारीहरुबाट संचालित सहकारीको पहिलो प्रयास र शुरुवात भएको हो। अहिले यस सहकारीले २५ वर्ष व्यतित गरिसकेको छ। यस अवधिमा संस्थाले दुई हजारभन्दा माथि सदस्य कर्मचारीहरुको गर्जो टार्ने देखि आर्थिक, सामाजिक क्षेत्रका विभिन्न समस्याको समाधान गर्न सफल भएको छ।

हाल ६८ जिल्लामा राष्ट्रसेवकको नाममा सहकारी दर्ता भइ संचालनमा रहेका छन्। राष्ट्रसेवक सहकारीहरुमा पुँजी र समयको हिसावले नेपालकै अग्रणी र जेठो सहकारीको रुपमा यस सहकारी रहेको छ ।  कर्मचारी संगठनको अभिभावकत्वमा सहकारीहरुलाई अझ परिस्कृत वनाउदै लगिदैछ भने अर्थतन्त्रका तीन खम्वाको रुपमा सार्वजानिक, निजी र सहकारीलाई संविधानमा नै उल्लेख गरिएको सन्दर्भमा यसको महत्व अझ टडकारो रुपमा अगाडि आइसकेको छ। सिमिति आयवाट सानो भएपनि नियमित वचत गर्ने वानीको विकास संगै दुःखको साथीको रुपमा आफ्ना समस्या आफै हल गर्न यो सहकारी सफल र उपयुक्त माध्यम वनेको हुँदा कर्मचारी विच यसको महत्व अझ वृद्धि हुँदै गएकोछ।

राष्ट्रसेवक सहकारीको दुरदृष्टी, अभियान र लक्ष्यः

दुरदृष्टी(Vision)- सहकारीका मूल्य, मान्यता र सिद्धान्त अनुसार सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रको संस्थागत र दीगो विकास गर्दै शोषणरहित समाजको विकासवाट समाज परिवर्तन गर्न योगदान गर्ने।

अभियान(Mission)- सदस्यहरुलाई आर्थिक, सामाजिक र साँस्कृतिक क्रियाकलापमा सहभागी गराउदै स्वावलम्बी, आत्मनिर्भर वनाउन कुशलता र दक्षता विकास गरि सहकारी आन्दोलनमा पेशागत क्षेत्रवाट पनि विशिष्ट योगदान पुर्याकउने

लक्ष्य(Goal)- न्युन आयमा जीवन निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारी तथा परिवारका सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक जीवनस्तरलाई गुणस्तरीय वनाउन विभिन्न सहकारी संभावनाहरुको खोजी गरी संभावित योजना तथा कार्यक्रमहरु संचालन गर्ने।

उद्धेश्य(Objectives)
सहकारी अर्थतन्त्रका वहुआयामिक उद्धेश्यका साथ राष्ट्रसेवक सहकारी संचालन भएको छ। मुलतः कमजोर वर्गको न्युन पुँजीलाई संगठित गरी शक्ति निर्माण र शोषण मुक्ति सहकारीको मूल उद्धेश्य हो। यसै परिधिमा राष्ट्रसेवक सहकारीका उद्देश्यमा-
१. सदस्यहरुमा मितव्ययीता, पारस्पारिक सहयोग र स्वावलम्वनको अभिवृद्धि गर्दै नियमित वचत गर्ने, वचतमा प्रतिस्पर्धात्मक प्रतिफल/व्याज दिने, वचत तथा निर्मित पुँजी सदस्यहरुमा लगानी गर्ने।
२. कर्मचारी संगठन, सहकारीका सदस्य तथा तिनका परिवारलाई संगठित गरी आयमुलक र रोजगारमुलक कार्यक्रम मार्फत आर्थिक, सामाजिक जीवनस्तरमा सुधार गर्ने।
३. कर्मचारी संगठन र सहकारीका सदस्यहरुलाई आत्मनिर्भर र स्वअनुशाशित वनाउने।
४. सदस्यहरुमा आय आर्जन, उपभोग्य सामग्रीको खरिद विक्री लगायतका आर्थिक गतिविधिवाट सेवा प्रदान गर्ने।
५. रोजगारी सृजना हुने आयमुलक र सेवामुलक परियोजनाहरु संचालन गर्ने।
६. सदस्यहरुको शिक्षा, स्वास्थ्य लगायतका आर्थिक, सामाजिक जीवनस्तर उत्थानका कार्यक्रमहरु संचालन गर्ने।
७. सदस्यको सर्वाङ्गीण विकासका लागि उपयुक्त नीति, योजना तथा कार्यक्रम तय गरी संचालन गर्ने।