मोरङ जिल्लामा कार्यरत नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पत्रकारहरुबीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर (सहकारी अध्ययन तथा सूचना केन्द्र) ले नेपाल पत्रकार महासंंघमा मोरङबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित पदाधिकारीहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष जीवन काफ्लेले सहकारी संस्थाको पछिल्लो झलक प्रस्तुत गर्दै सहकारी संचालनका विषयका राम्रा पक्ष र परिवर्तित कानूनका जटिलता लगाएतका विषयमा संक्षिप्त विचारहरु राख्नु भयो । संचारकर्मीले सूचना सम्प्रेषण गर्दा सहकारीले गरेका राम्रा कामहरुको बारेमा पनि सूचना सम्प्रेषण गर्नुपर्ने कुरा राख्नु भयो । नेपाल पत्रकार महासंघ मोरङ जिल्ला अध्यक्ष सुशिला पाठकले सहकारीले राम्रा कामहरु गरेका छन् र राम्रा कामहरुको उदाहरण हेर्न राष्ट्रसेवक सहकारी आउने गरी आगामी कार्यक्रमहरु गर्दै जान सूझाव दिनु भयो । मोरङ जिल्लामा कार्यरत तथा नेपाल पत्रकार महासंघमा आबद्ध ३० जना भन्दा धेरै पत्रकारहरु तथा सहकारी संस्थाका संचालक सल्लाहकार लेखा समितिका पदाधिकारी र कर्मचारीहरुको उपस्थिति कार्यक्रममा रहेको थियो ।