लागत सहभागितामा शेयर सदस्यहरुको अवलोकन भ्रमण

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरका शेयर सदस्यहरुको आ.व. २०८१/८२ मा छिमेकी राष्ट्र भारतको गया, बनारस, र अयोध्या अबलोकन भ्रमण सम्पन्न भएको छ । १०१ जना शेयर सदस्य र ५ बाल बचत सदस्य सहित जम्मा १०६ जना भ्रमणमा सहभागी हुनु भएको थियो । भ्रमण कार्यक्रम २०८१ चैत्र २९ गते देखि २०८२ बैसाख ३ गतेसम्म भएको थियो ।