राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरको २७औँ वार्षिक साधारण सभा २०८२ असोज २५ गते शनिवार विराटनगर स्थित कन्चनजङ्घा पार्टीप्यालेसमा सम्पन्न भएको छ । कुल १८९६ तत्काल कायम शेयर सदस्यहरु मध्ये १११८(५२० जना महिला, ५९१ पुरुष र ७ अन्य) जना (५८.९६ प्रतिशत)को उपस्थितिमा सभा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष श्री भवानी न्यौपाने दाहाल प्रमुख अतिथि रहनु भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष जीवन काफ्लेले गर्नु भएको थियो । कार्यक्रममा सम्मान गर्न बाँकी जेष्ठ शेयर सदस्य मध्येका सर्वज्येष्ठ उमानाथ अधिकारीलाई सम्मान गरियो भने ३२ जना ७५ वर्ष नाघेका ज्येष्ठ शेयर सदस्यलाई रु.२०००/- औषधिखर्च प्रदान गरिएको थियो । कार्यक्रममा किशोरी खतिवडा स्मृति अक्षयकोषबाट काठमाडौँ निवासी श्री इन्दिरा रिजाल, दधिराम स्मृति अक्षयकोषबाट ग्रामथान ४ मोरङ निवासी श्री भवनाथ पौड्याल र हिरण कुमार न्यौपाने स्मृति अक्षयकोषबाट सञ्चारकर्मी सुमन सुस्केरालाई सम्मान गरियो । समूदाय तथा वातावरण प्रतिको चासो एवम् सामाजिक दायित्व स्वरुप मृत्यूवरण गरेका संस्थाका शेयर सदस्यका दुई सन्तती(छोरीहरु) सहित पूर्व सहकारीकर्मीका छोरा (३ जना अनाथ बालबालिका)लाई विद्यालय पोषाक र नगद बीस/बीस हजार शैक्षिक सपोट प्रदान गरियो ।
२७औँ वार्षिक साधारणसभा सम्पन्न
•
