राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरले २०८२ पौष १० गते शेयर सदस्यहरुका लागि सदस्यहरुको लागत सहभागितामा आयोजना गरिएको रमाइलो पारिवारिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ । सहकारी संस्था, नेपाल निजामती कर्मचारी संगठन मोरङ र राष्ट्रसेवक ज्येष्ठ नागरिक समाज विराटनगर ९ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम कटहरी गाउँपालिकाको गोपाल फन पार्कमा सम्पन्न गरेको हो । कार्यक्रममा २५० भन्दा बढी तीन वटै संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो । नेपाल निजामती कर्मचारी संगठन मोरङले ३४ जना गत वर्ष र यस वर्ष निजामती सेवाबाट सेवा निबृत्त हुने संगठन मोरङमा आबद्ध सदस्यहरुलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री जीवन काफ्लेले संगठनमा आबद्द रहेका र नयाँ नियुक्ती लिएर मोरङ आउने विभिन्न कार्यालय तथा मन्त्रालयका साथिहरुलाई राष्ट्रसेवक सहकारीको सदस्य बनी आर्थिक कारोबार गर्न अपिल गर्नुभयो । सेवामा बहाल रहँदा निजामती कर्मचारी संगठनको सदस्य र सेवाबाट अबकास भएपछि राष्ट्रसेवक ज्येष्ठ नागरिक समाजमा आबद्द भई सेवा निबृत्त जीवनलाई समेत सकृय राख्न आग्रह गरिएको थियो । कार्यक्रममा रमाइला गितहरुमा नाचगान गर्नुका साथै सहभागीहरुका लागि म्यूजिकल चियर र हण्डीफोर जस्ता खेलहरु समेत खेलाईएको थियो ।


