राष्ट्रसेवक सहकारी मोरङको अर्धवार्षिक समिक्षा

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरको आ.व. २०८२/८३ को अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । २०८२ माघ १६ गते सम्पन्न समिक्षामा संस्थाले लिएको लक्ष्यमा प्राप्त गरेको पौष मसान्तसम्मको प्रगति प्रस्तुत गरिएको थियो । पौषमसान्तसम्म संस्थाले रु.२१८५७७०२.४८ आम्दानी गरि लक्ष्यको ४२.४४ प्रतिशत, रु. १९८०६९०७.४४ खर्च गरी लक्ष्यको ४०.३२ प्रतिशत प्रगति गरेको छ भने कुल सम्पत्ति दायित्व रु. ६०२७३१३८३.९५ बनाई लक्ष्यको ९४.३३ प्रगति गरेको छ । संस्थाले यस अवधिमा सम्पन्न गरेका कार्यक्रमहरुको विवरण समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डमा संस्थाको अवस्थाको चित्रण समेत गरिएको थियो । समग्रममा सन्तोषजनक प्रगति गरेको निष्कर्ष निकालिएको थियो । कार्यक्रममा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिहरुका पदाधिकारी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।