सहकारी संस्थाले श्रष्ठा सम्मान तथा खुला कविता प्रतियोगिता कार्यक्रम गर्ने

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले साहित्यको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने एक श्रष्ठालाई सम्मान गर्ने भएको छ । २०८३ जेठ २३ गते शनिवार विराटनगरमा गर्ने कार्यक्रममा खुला कविता प्रतियोगिताको पनि आयोजना गर्ने भएको हो । देश समाज र राष्ट्रप्रति ओतप्रोत साथै सकारात्मक सन्देश दिने नयाँ गद्य र पद्य कविता साथै गजललाई समेत प्राथमिकता दिने सूचनामा उल्लेख गरिएको छ । प्राप्त रचनाहरु मध्ये १५ वटा छनौट गरी प्रतियोगिता गराईने छ । प्रथम हुनेलाई रु. दश हजार, दोश्रोलाई रु. सात हजार र तेश्रो हुनेलाई रु. पाँच हजार पुरस्कार सहित कदरपत्र प्रदान गर्ने संस्थाले जनाएको छ । आफ्नो रचना २०८३ जेठ १४ गतेभित्र संस्थामा दर्ता भएका वा nemcolmorang@gmail.com मा प्राप्त रचनालाई प्रतियोगितामा समावेश गरिने संस्थाले जनाएको छ । समाजप्रतिको चासो सहकारीको सिद्धान्त अन्तरगत सहकारी संस्थाले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । समाजका हरेक व्यक्तिले रचना तयार गरी प्रतियोगितामा भाग लिन सक्ने संस्थाले जनाएको छ । विस्तृत सूचना हेर्न https://rastrasewaksahakari.com.np/?page_id=174 मा क्लीक गर्न सकिनेछ ।