देशभरीका राष्ट्रसेवक सहकारीहरुको भेला विराटनगरमा सम्पन्न

राष्ट्रसेवक सहकारी मोरङले एक कार्यक्रम आयोजना गरी देशभरीका राष्ट्रसेवक सहकारी संस्थाहरुको वर्तमान अवस्था, संस्था संचालनका चुनौति र सम्भावना विषयक दुई दिवशीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । २०८३ जेठ १६ र १७ गते विराटनगरमा सम्पन्न कार्यक्रममा अन्य जिल्लाका राष्ट्रसेवक सहकारी संस्थाबाट ६० जना भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मोरङ राष्ट्रसेवक सहकारीका संचालक र विभिन्न समिति उपसमितिहरुका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा प्रचलित ऐन नियम र संस्था संचालनका क्रममा गर्नु पर्ने कामकारवाहीका सम्बन्धमा सहजिकरण समेत गरिएको थियो ।